रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने

प्रमुख खबर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोड्ने भएका छन् । उनले पुरानो पार्टी छोडेर नयाँ पार्टी खोल्ने घोषणा पनि गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताउका हुन् । उनले नागरिक उन्मुक्ति पार्टी छोडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका बताउका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन,‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु । म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न ।
अब आजबाट म अलग अभियानमा छु । मसँगै मेरो आन्दोलनको भावना बुझ्ने साथिहरुले हातेमालो गर्नुहुन्छ भन्ने आशा राखेको छु । म राजनीतिक व्यक्ति हो म यत्तिकै बस्न सक्दिन, आजै देखि म पार्टी निर्माणमा लाग्ने छु ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट