मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले गरे नाराबाजी, मागे प्रधानमन्त्रीको राजीनामा

प्रमुख खबर

काठमाडौं ।तीन मन्त्री नियुक्त गरेको समाचार सार्वजनिक भइएपछि सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङको समूहले नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका हुन् ।बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेट अगाडि नाराबाजी गर्दै सुदन गुरुङले भने ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
प्रधानमन्त्री कार्कीले ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट