रामेश्वर खनालले सरकारको कुनैपनि सेवा सुविधा नलिने

प्रमुख खबर

काठमाडौं । अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले सरकारको कुनैपनि सेवा सुविधा नलिने बताएका छन । खनालले सरकारबाट आफूले पाउने तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने घोषणा गरेका हुन् ।
उनले मन्त्री बन्ने पक्का भएपछि आफूले कुनै पनि सेवा सुविधा नलिने बताएको मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ।
उनले पिएसओ पनि नलिने बताएको जनाइएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट