साउनमा भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स


काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १ खर्ब ७७ खर्ब ४१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो गत आव पहिलो महिनाको तुलनामा २९.९ प्रतिशतले धेरै हो ।
गत आव साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । त्यसबेला रेमिट्यान्स आप्रवाह वृद्धिदर १७.७ प्रतिशत थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५/० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४८ अर्ब ८ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या २३ हजार ६४४ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो।