`

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

Nepal One HD ३१ भदौ २०८२ ११:४६
प्रमुख खबर

काठमाडौं । भाद्र २३ र २४ गते भएको जेन(जी आन्दोलनमा देशभरिका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मच्चाइयो ।

जसका कारण उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहर बनेका छन् । उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरूले ज्यान गुमाउनु परेको थियो ।

यस्तो कहाली लाग्दो अवस्थाबाट गुज्रिएको नेपाल प्रहरी उच्च मनोबलसहित अहिले नागरिक सेवामा खटिएका छन् ।

लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरू अहिले बिना बर्दी नागरिक सेवामा खटिएका छन् ।

उपत्यकाको विभिन्न चोकहरूमा रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भएपछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरू फिल्डमा खटिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *