खण्डहर बने प्रमुख तीन राजनीतिक दलको मुख्यालय (तस्बिरहरु)


काठमाडौँ । भाद्र २३ र २४ गते काठमाडौंमा भएको जेन जी आन्दोलन र त्यस पछिको तोडफोड र आगजनीबाट देशको विभिन्न इतिहासिक संरचना लगायत भौतिक संरचनामा ठूलो क्षति पुग्यो ।
देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरु प्रतिको वितृष्णाले निम्त्याएको परिणाम थियो जेन जी आन्दोलन । जसको फलस्वरूप आन्दोलनकारीहरुले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोड सँगै आगजनी गरेका थिए।
सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्ण रुपमा ध्वस्त भएको छ । कार्यालयको प्रमुख प्रवेशद्वार देखि हरेक कोठामा आगजनी गरिएको थियो । नेपाली कांग्रेसले आजबाट देशभरी भएको प्रदेश कार्यालय र जिल्ला कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्न लागेको हो ।
जेन जी आन्दोलन नेकपा एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांस संरचना खरानी भएका छन् ।
सोमबार एमालेका महासचि शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरु पार्टी मुख्यालयमा पुगी कम्युनिस्ट पार्टीको झण्डा राखेका थिए ।
पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि जेन जी आन्दोलनबाट ध्वस्त भएको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट कार्यालयको अधिकांस संरचना जलेर नष्ट भएका छन् ।