`

आयोगका पदाधिकारी र प्रधान सेनापति सिग्देलबीच भेटघाट

Nepal One HD ३१ भदौ २०८२ १८:१९
प्रमुख खबर

काठमाडौँ, ३० भदौः राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीे र प्रधान सेनापति अशोकराज सिग्देलबीच देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको छ । ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिपछिको शान्ति सुव्यवस्था र मानव अधिकारको अवस्थाबारे आयोगको कार्यालय हरिहर भवन ललितपुरमा आज छलफल भएको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आयोगका पदाधिकारी र प्रधान सेनापतिबीचको भेटघाट बदलिँदो परिस्थितिमा देशको शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको बताउनुभयो ।

छलफलमा देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई आयोगले सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।

आयोगले नेपाली सेनाको संरक्षणमा रहेकाहरूसँग सम्पर्कमा रही उनीहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिइरहेको छ । साथै, आयोगले ‘जेनजी’ प्रतिनिधि, मृतकका परिवार, घटनाका घाइते र अन्य प्रभावित तथा बालबालिकासँग निरन्तर भेटघाट गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *