`

दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

Nepal One HD ९ असोज २०८२ ६:२७
अर्थ समाचार

काठमाडौँ, ९ असोजः अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ । यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो ।

विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिनुभएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *