प्राधिकरणले तोक्यो आन्तरिक हवाई भाडादर, कहाँको कति ?


काठमाडौं । चाडबाडका बेला हवाई टिकटको माग अत्यधिक हुँदा महँगोमा बिक्री गर्न सक्ने सम्भावनालाई ध्यान दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।
सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ । नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको भाडादर अनुसार सबैभन्दा धेरै हवाईभाडा काठमाडौँ–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम काठमाडौँ–सिमराको ३ हजार ९७८ रुपैयाँ तोकिएका छन् ।
हेर्नुस् हवाई भाडादरको सूची
काठमाडौँ–विराटनगर : ९,७८५ रुपैयाँ ।
काठमाडौँ–भरतपुर : ४,६४३ रुपैयाँ ।
काठमाडौँ–भद्रपुर : १२,११२ रुपैयाँ ।
काठमाडौँ–जनकपुरमा : ५,४७० रुपैयाँ ।
काठमाडौँ–पोखरा : ६,६३५ रुपैयाँ ।
काठमाडौँ–नेपालगञ्ज : १३,१०३ रुपैयाँ ।
काठमाडौँ–धनगढी : १७,५७९ रुपैयाँ ।
काठमाडौँ–सिमरा : ३,९७८ रुपैयाँ ।
काठमाडौँ–भैरहवा : ८,४६१ रुपैयाँ ।
काठमाडौँ–राजविराज : ८,२१० रुपैयाँ ।
काठमाडौँ–सुर्खेत : ९ हजार ३० रुपैयाँ ।
काठमाडौँ–तुम्लिङटार : ७,६३० रुपैयाँ ।