पानीको सतह घटेपछि विस्थापित फर्किदै घर

प्रमुख खबर

उदयपुर । बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि घर फर्किन थालेका छन् ।
आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका–८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलका अनुसार अवस्था सामान्य बन्दै गएपछि बाढीबाट विस्थापित आ–आफ्नो घर फर्कन थालेका हुन् ।
बेलकाको कोशी टप्पु क्षेत्रमा बाढीको खतरामा परेकाहरुलाई आफन्तकहाँ तथा बेलका नगरपालिकाको सिटीहलमा राखिएको थियो । बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले कोशी नदीको सतह घट्न थालेपछि अहिलेका लागि खतरा टरेको र सो क्षेत्रका जनजीवन समान्य बन्दै गएको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट