तिहारको आगमनसँगै भक्तपुर गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त {तस्वीरहरु}

प्रमुख खबर

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानहरु मखमली फूल टिप्न व्यस्त भएका छन् । वैशाख, जेठमा बारीमा लगाएको मखमली फूल दशैं भन्दा अगाडि साउन, भदौ महिनामा टिपिने र विदेश निर्यात गरिने स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् ।
दशैंपछि तिहारका लागि फूल टिपिने उनले जानकारी दिइन् । प्रतिगोटा मालाको मूल्य २२ देखि २३ रुपैयाँमा बिक्री हुने र व्यवसायीहरु घरमै माला लिन आउने उनले बताइन् । हाल यहाँका किसानहरूले बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट