चलचित्र ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक

चलचित्र

काठमाडौँ – आगामी कात्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’को ट्रेलर आज सार्वजनिक गरिएको छ ।
काठमाडौँमा आयोजित उक्त कार्यक्रममा चलचित्र युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बू, अभिनेता विल्सनविक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, अभिनेत्री सबु गुरुङलगायतको उपस्थिति थियो ।
ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबीचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ । ‘सोल्टिनी’लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गर्नुभएको हो । लेखनमा अर्जुन र कुमार भट्टराई रहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको