दक्षिणी गाजा प्रस्थान गर्यो मृतकको शव लिन रेडक्रसको टोली


काठमाडौं । हमासको अपहरणमा परेर मारिएकाहरूको शव लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजातर्फ गएको छ । हमासले ४ जनाको शव आजै इजरायललाई बुझाउनको बताएको छ ।
४ जनाको शव लिन रेडक्रसको टोली दक्षिणी गाजातर्फ प्रस्थान गरेको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सोमबार हमासले शव फिर्ता गर्ने ४ जना मृतकहरूको सूचीमा नेपालका विपिन जोशीको पनि नाम छ ।
हमासले विपिनको मृत्यु पुष्टि गरेकाले दक्षिणी गाजाबाट आजै रेडक्रसले इजरायल ल्याउने मृतकका शवहरूमध्ये उनको पनि हुनसक्ने अनुमान छ । तर, इजरायली सेनाले भने शव प्राप्त नभइसक्दासम्म मृतकबारे अड्कलबाजी नगर्न आग्रह गरेको छ ।
इजरायली सेना र त्यहाँको गुप्तचर संस्था शिन बेट (शीन बेटले) ले संयुक्त विज्ञप्ति जारी गर्दै रेडक्रस प्रतिनिधि दक्षिणी गाजातर्फ प्रस्थान गरेको पुष्टि गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘रेड क्रसका प्रतिनिधि दक्षिण गाजातर्फ जाँदै छन्, जहाँ हमासले मृतकका शवहरू राखिएका कफिनहरू हस्तान्तरण गर्नेछ ।’