`

आकाश खुलेपछि नुवाकोटको सुइरेचौर बाट यस्तो देखियो हिमाल (तस्बिरहरु)

Nepal One HD २९ असोज २०८२ ११:०६
प्रमुख खबर

काठमाडौँ । संघीय राजधानी काठमाडौंको सामाखुसी क्षेत्रबाट लगभग ४५ मिनेटमा पुग्न सकिने नुवाकोट शिवपुरी गाउँपालिकाको सुइरेचौर यो सिजनमा हिमाल हेर्नको लागि उपयुक्त गन्तव्य बन्न गरेको छ ।

सो क्षेत्रबाट अन्नपूर्ण हिम श्रृङ्खला, मनासलु, गणेश, लाङटाङ, जुगल र गौरीशंकर हिमाल लगायत विभिन्न हिम श्रृङ्खलाहरु नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

काठमाडौंबाट नजिकै रहेको र बस्नका लागि पनि राम्रो व्यवस्था रहेका कारण शुक्रबार र शनिबार सो क्षेत्रमा आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिति रहने गरेको स्थानीय प्रधान लामा तामाङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *