`

काठमाडौँ विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र सञ्चालन

Nepal One HD ३ कार्तिक २०८२ ९:२१
शिक्षा

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। यस केन्द्रले नेपालमा अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्वलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

विश्वविद्यालयले यस केन्द्रसँगै विद्यार्थीहरूको सुविधाका लागि ‘केयु-कनेक्ट’ नामक मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेका अनुसार, सूचना प्रविधि केन्द्रले जटिल अनुसन्धानका लागि ‘सुपरकम्प्युटिङ क्लस्टर’ सञ्चालन गर्ने, राष्ट्रिय एआई नीति कार्यान्वयन गर्ने, र भूकम्प, महामारीजस्ता आपतकालीन अवस्थामा सहयोग प्रणालीको विकास गर्नेछ।

नयाँ मोबाइल एप ‘केयु-कनेक्ट’ ले विद्यार्थीहरूलाई शैक्षिक, प्रशासनिक र क्याम्पससम्बन्धी जानकारीमा सहज पहुँच प्रदान गर्नेछ। यस एपमार्फत विद्यार्थी प्रोफाइल व्यवस्थापन, सूचना र सूचनापत्रमा तत्काल पहुँच, परीक्षा परिणाम, कोर्स सूची, शुल्क विवरण, भुक्तानी रेकर्ड, प्रमाणपत्र तथा प्रतिलिपि अनुरोध लगायतका सेवाहरू उपलब्ध गराइएको छ।

उपकुलपति वाग्लेका अनुसार, एपले विश्वविद्यालयसँग प्रत्यक्ष एकीकृत भएर कोठा आरक्षण, स्रोत व्यवस्थापन तथा कक्षा तालिकाजस्ता विषयमा समेत सहजता ल्याउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *