`

आजपनि बढ्यो सुनको मूल्य

Nepal One HD ३ कार्तिक २०८२ १२:१६
अर्थ समाचार

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा रु ३०० बढेको छ ।

आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला रु दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला रु पाँचले बढेर तीन हजार २८० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *