`

विपिन जोशीको शव परिवारलाई बुझाइयो

Nepal One HD ३ कार्तिक २०८२ २१:३५
प्रमुख खबर

काठमाडौं । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ परिवारलाई बुझाइएको छ। नेपाली सेनाको टोलीले सम्मानका साथ शव हस्तान्तरण गरेको हो।

जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बझेका हुन्। उनको अन्त्येष्टि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली घाटमा गरिने परिवारले जनाएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका जोशीको मृत्यु गत असोज २७ गते इजरायली अधिकारीहरूले पुष्टि गरेका थिए।

युद्धविरामपछि हमासले इजरायली सेनालाई उनको शव हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक रिपोर्टबाट शव विपिनकै भएको प्रमाणित भएको हो।

नेपाल ल्याउनुअघि तेल अवीवमा उनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *