`

दुलेगौडास्थित एक घरमा आगलागी

Nepal One HD ४ कार्तिक २०८२ ६:४३
समाज

दमौली (तनहुँ) – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ ।

स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा नगरपालिकाको वारुणयन्त्र प्रयोग गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले विद्युत् चुहावट भएर आगलागी भएको अनुमान रहेको र क्षतिको विवरण आउन बाँकी रहेको बताउनुभयो । उक्त घरमा फेन्सी पसल र सिलाइ पसल सञ्चालनमा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *