`

महाकाली किनारमा विपिनको दाहसंस्कार, घाटसम्मै पुगे इजरायली राजदूत

Nepal One HD ४ कार्तिक २०८२ १२:२५
प्रमुख खबर

कञ्चनपुर । हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

महाकाली नदीको किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए। सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो।

अन्तिम संस्कारका क्रममा नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बास घाटसम्मै पुगेका थिए । विपिनको शरीरमा सम्मानस्वरुप इजरालको झण्डा पनि ओढाइएको थियो । त्यसक्रममा इजराली राष्ट्रपतिको शोक सन्देश वाचन गरेर सुनाइयो।

तेलअभिभबाट सोमबार फ्लाइ दुबईमार्फत् काठमाडौं आइपुगेको विपिनको शव साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी पुर्‍याइएको थियो। त्यहाँबाट धनगढी उपमहानगरको शव वाहनबाट भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरसम्म लगिएको थियो।

मंगलबार बिहान घरबाट समाधिस्थल, महाकाली भुजेलाघाटसम्म शवयात्रा निकालिएको थियो। शव यात्रामा पूर्व परराष्ट्रमन्त्री एनपी सावद, पूर्व सांसद तारा लामा तामाङ, इजरायली राजदूत बास र उनकी श्रीमती सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *