काठमाडौंको गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरू)
प्रमुख खबर
काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ । छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाई र सजावटको कार्य सुरु भएको छ ।
विशेषगरी तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ ।
यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ । केराका थम्बा, झिलिमिली बत्ती तथा सूर्याेदय र सूर्यास्तमा सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ ।
छठको तयारी तीव्र रूपमा भइरहेको छ र यस पटक गौरीघाटमा ६१० स्टलहरू तयार गरिएको गौरीघाट छठ विकास समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।
सो स्टल प्रयोग गर्न प्रति व्यक्तिले १५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ । छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । छठको मूख्य दिन भोलि अस्ताउँदो सूर्यालाई अर्घ दिइन्छ ।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
