`

वीरगञ्जको घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न (तस्बिरहरू)

Nepal One HD ११ कार्तिक २०८२ ११:४२
अध्यात्म

वीरगञ्ज। वीरगञ्जस्थित ऐतिहासिक घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्व सम्पन्न भएको छ । व्रतालुहरूले  बिहानैदेखि पोखरीमा उभिएर उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न गरिएको हो ।

हरेक वर्ष कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखोनितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।

मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए ।

त्यस्तै, षष्ठी तिथिको दिन अर्थात सोमबार सन्ध्याकालीन र आज मङ्गलबार प्रभातकालीन सूर्यको अर्घ्य दिएपछि चार दिनसम्म मनाइने  छठ पर्व विधिवत् रूपमा समापन गरिएको हो ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *