`

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने: सावधानी अपनाउन अनुरोध

Nepal One HD ९ पुष २०८२ ८:१५
प्रमुख खबर

काठमाडौँ- तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ ।

विभागका मौसमविद् हरिप्रसाद दाहालले पनि देशको तराईका धेरै ठाउँमा हुस्सु÷कुहिरो लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *