`

श्रम नै राष्ट्र निर्माणको मुल आधार हो : अध्यक्ष राई

Nepal One HD ९ पुष २०८२ २०:१०
प्रमुख खबर

विर्तामोड, ९ पुसः श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई राष्ट्र निर्माणको मूल आधारका रूपमा स्थापित नगरेसम्म नेपाल समुन्नत बन्न नसक्ने बताउनुभएको छ ।

आज श्रम संस्कृति पार्टी जिल्ला कमिटी झापाको आयोजनामा विर्तामोडमा आयोजित आमसभालाई सम्बोधन गर्दै राईले श्रम संस्कृतिको विकासबिना परिवर्तन सम्भव नहुने स्पष्ट पार्नुभयो ।

“श्रम गरेर धर्तीलाई फुलाउनुपर्छ । श्रम गर्ने बानीले नै नेपाल बन्छ”, अध्यक्ष राईले भन्नुभयो, “अरूको दोष खोजेर होइन, आफ्नै हातले काम गरेर देश बनाउने संस्कार आवश्यक छ ।”

पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ७७ वटै जिल्लाबाट उम्मेद्वारी दिने तयारी गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *