कतारले दियो १३ नेपालीलाई आममाफी
प्रमुख खबर
काठमाडौँ । कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा १३ नेपालीलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आज आफ्नो जेलमा रहेका १३ नेपाली कैदीहरूलाई आममाफी दिएको हो । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कतारले आममाफीको लागि कतार सरकारलाई धन्यवाद दिएको छ ।
मन्त्रालयले उदारतापूर्वक प्रदान गरिएको आममाफीको लागि कतार सरकारप्रति आभार प्रकट गरेको छ । यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको जनाएको छ । यसअघि नेपालले हालै २ वटा हात्ती उपहार दिएको थियो । कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत छन् । गत वर्ष मात्रै एक लाख ४० हजार ७९२ जना नेपालीहरू वैदेशिक रोजगारीका कतार गएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
