`

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगसँग लिइन् आगामी निर्वाचनबारे जानकारी

Nepal One HD २५ पुष २०८२ १८:५८
राजनीति

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगसंग आगामी निर्वाचनबारे जानकारी लिएकी छिन् । आज बालुवाटारमा भएको छलफलमा  प्रधानमन्त्री कार्कीले निर्वाचनको हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिएकी हुन् ।उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको छ ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो ।

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *