`

आशिका तामाङले गरिन् उम्मेद्वारी घोषणा, होला त बालेनसँग भिडन्त?

Nepal One HD २५ पुष २०८२ १९:५५
राजनीति

अभियन्ता आशिका तामाङले फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । उनले काठमाडौं २ वा ९ मध्ये कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिन तयारी थालेको बताएकी छिन् । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ लोकप्रीय तामाङले‍ स्वतन्त्र रुपमा चुनाव उठ्ने घोषणा गरेकी हुन् ।

यसअघि रास्वपा नेतृ सोबिता गौतमले जितेको काठमाडौं-२मा महनगरका मेयर बालेन शाह उठ्ने चर्चा छ । रास्वपाबाट बालेन यही क्षेत्रमा उम्मेद्वार बने उनीहरू दुईबीचको भिडन्त रोचक बन्न सक्ने छ ।

यस्तै क्षेत्र नम्बर-९ मा रास्वपाका उपसभापति डीपी अर्यालको चर्चा भइरहेको छ । यसअघिका दुई निर्वाचनमा यही क्षेत्रमा उम्मेद्वार बनेका विवेकशील साझाका पूर्वअध्यक्ष मिलन पाण्डेले पनि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *