`

मगर भेषभुषामा देखिएकी चाहनाले हेमन्तलाई मोहनी लगाएपछि

Nepal One HD २९ पुष २०८२ ९:५३
मनोरञ्जन भिडियो

गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाईलीको मौलिक कौराह गीत मोहनी बजारमा आएको छ । गायक हेमन्त र गायिका दीपिका बयम्बु मगरको स्वर रहेको सार्वजनिक गीतमा गायक स्वयमकै शब्द, संगीत तथा एरेन्ज रहेको छ ।

माघेसंक्रान्तिको चहलपहल सुरु भएसँगै सार्वजनिक गरिएको कौराह गीत मोहनीमा सुन्दरी मोडल चाहना मगरसँग गायक हेमन्त रोमान्टिक देखिएका छन् । लाहुरेमा भर्ती हुने तयारीमा रहेका प्रेमीसँग प्रेमीका रोमान्टिक बनेका दृश्य र लाहुर लैजाने सपना देखाएको लाहुरेको प्रेम अभिव्यक्त गर्ने भिडियोलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको गायक रसाईली बताउँछन् । भन्छन् यो मेरो सृजना अन्य समयको भन्दा भिन्न छ ।

दर्शकको माया अझै पाउनेछु भन्नेमा आशावादी छु उनले भने । मौसम हिमालीको निर्देशनमा तयार भएको मोहनीको सम्पादन प्रविन भट्टले गरेका हुन् । राजकुमार बगरको मिक्सिङ मास्टरिङ रहेको मोहनी गायक स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *