`

रविको मुद्दा फिर्ताविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

Nepal One HD ६ माघ २०८२ १२:२०
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी तोकिएको हो । सर्वोच्चका न्यायाधीश मसुलमानको इजलासको ‘ग’ नम्बरमा पेशी परेको हो ।

लामिछानेविरुद्ध विभिन्न अदालतमा रहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा महान्यायाधिवक्ता सबिता भण्डारीले फिर्ता लिने निर्णय गरेकी थिइन् । त्यसविरुद्ध युवराज सफल, दिनेश त्रिपाठी र आभास रेग्मीले रिट दायर गरेका थिए ।

त्यसमाथि आज सुनुवाइ तोकिएको हो । केपी शर्मा ओलीको पालामा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । यसलाई रास्वपाले प्रतिशोध भन्दै बताउँदै आएको थियो । अहिले महान्यायाधीवक्ता कार्यालयले लामिछानेसँगै यो सहकारी ठगी प्रकरणमा दायर भएका अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्दा संशोधन गरेर फिर्ता लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *