प्रचण्डको उम्मेदवारी रुकुम पूर्वमा दर्ता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वमा उम्मेदवारी दर्ता गराएका छन् ।
दाहालले मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।
२०६४, २०७० २०७४ र २०७९ मा निर्वाचन लडेका प्रचण्ड हरेकपटक निर्वाचित हुँदै आएका छन् । तर, उनी हरेकपटक निर्वाचन क्षेत्र फेर्छन् ।
पहिलो संविधान निर्वाचन २०६४ मा उनले रोल्पा– २ र काठमाडौं– १० बाट निर्वाचित भएका थिए ।
२०७० मा सिरहा– ३ बाट निर्वाचित जित्दा काठमाडौं– १० मा पराजित भए । २०७४ मा चितवनबाट–३ बाट र २०७९ मा गोरखा–२ बाट निर्वाचित भएका थिए ।
यसपटक रुकुमपूर्व पुगे । यसरी प्रत्येक निर्वाचनमा निर्वाचन क्षेत्र छाड्ने प्रचण्डको स्वभावलाई लिएर उनलाई आलोचकहरू ‘घुमन्ते उम्मेदवार’ भन्दै आएका छन् ।
