`

गोरखा–२ बाट बाबुराम भट्टराईले दर्ता गराए उम्मेदवारी

Nepal One HD ६ माघ २०८२ १५:१४
निर्वाचन विषेश

काठमाडौं । आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् । चुनाव नलड्ने बताउँदै आएका उनले आइतबार मात्रै चुनावमा उठ्ने घोषणा गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *