झापाका उम्मेदवार बालेन इलाममा {तस्वीरहरू}
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारमा सक्रिय भएका छन् । पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न र चुनावी प्रचारप्रसारलाई तीव्रता दिन उनी बिहीबार इलाम पुगेका हुन् । इलाम पुगलगत्तै नेता शाहले विभिन्न क्षेत्रमा घरदैलो अभियान सुरु गरेका छन् । उनले इलामका मुख्य बजारदेखि गाउँवस्तीसम्म पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
यसअघि नेता शाहले गत मंगलबार झापा क्षेत्र नं. ५ मा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्तापछि बुधबार दिनभर उनले झापाका विभिन्न टोलमा पुगेर मतदातासँग भेटघाट र छलफल गरेका थिए । झापाको कार्यक्रम सकेर उनी छिमेकी जिल्ला इलामको चुनावी अभियानमा केन्द्रित भएका हुन् । त्यहाँ उनले इलाम–१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम–२ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम बजारमा भेट गरेको बालेनको सचिवालयले जनाएको छ ।
हेर्नुस् तस्वीर

