`

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

Nepal One HD ९ माघ २०८२ १७:२६
निर्वाचन विषेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशमलाल चौधरीले उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबीसहित चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् । उनले आफ्नो उम्मेदवारी कायम गरिदिनु भनि अन्तरिम आदेशको माग गरेका छन् ।

उनले आफ्नो उम्मेदवारी यथावत रहँदै निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउनुपर्ने माग समेत गरेका छन् । चौधरीको निवेदन शुक्रबार दर्ता भएको र आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाहा भए पनि कसुर र कैदको अभिलेख हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो । उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *