`

जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ

Nepal One HD १२ माघ २०८२ १९:५६
समाचार

काठमाडौँ ।केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले ललितपुरको धोबिघाटबाट चितवनको भरतपुर महानगरपालिका–१६ का १९ वर्षीय रोहिम तिवारीलाई छ वटा कछुवासहित पक्राउ गरेको हो ।

निजलाई आवश्यक कानुनी कारबाहीका लागि आज डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *