बालेन शाह र रसुवाका रास्वपा उम्मेदवार बसन्त भट्ट बिच भेटवार्ता
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले रसुवा जिल्लाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार वसन्त भट्टसँग भेटवार्ता गरेका छन् । रास्वपाका बिभिन्न उम्मेदवारहरुलाई भेट गर्ने क्रममा बालेनले रसुवाका उम्मेदवार वसन्तसँग भेटेर चुनावी अभियानबारे छलफल गरेका हुन् ।
‘आगामी निर्वाचनबारे छलफल गरेका हौं, हामीले मतदाताहरुमा कुनै पनि भ्रम सिर्जना गर्दैनौं, कुनै झुठा सपना नदेखाउने र जनमानसको समस्या के छन् सुन्ने र चुनावी अभियान अगाडी बढाउने कुरा भएको छ ।’ वसन्तले भनेका छन्, ‘जनताको पक्षमा दृढताका साथ उभिने नेतृत्व, इमानदार सोच र स्पष्ट दृष्टिकोणसहित हामी परिवर्तनको यात्रामा अघि बढिरहेका छौँ। भाषणभन्दा काममा विश्वास गर्ने राजनीति आजको आवश्यकता हो । हामी यहि बाटोमा छौं ।’
उम्मेदवार वसन्तले रसुवाका जनताले यसपटक परिवर्तन खोजेको र त्यसका लागी आफू र रास्वपा दृढताका साथ उभिने बताएका छन् । उनले भनेका छन्, ‘परिवर्तन बाहिरसँग लडेर आउँदैन, घरभित्र गाडिएको मौनता चिरेर जन्मिन्छ। त्यसैले आफ्नै घेराभित्र प्रश्न उठाउनु शत्रुसँग भिड्नु भन्दा धेरै पीडादायी हुन्छ। आज गाली गर्नेहरू भोलि उद्धरण खोज्छन्, किनकि सत्ता क्षणिक हुन्छ, तर साहस पुस्तान्तरण हुन्छ। भीडको तालमा नाच्नेहरू लोकप्रिय हुन्छन्, तर विवेकको धड्कन पछ्याउनेहरू इतिहासमा अंकित हुन्छन्।’
