`

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

Nepal One HD १३ माघ २०८२ १८:१६
समाचार

मङ्गलबारे (इलाम)। यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन् । केही घरेलु मजदूर बनेका छन् । उनीहरू शिक्षाबाट वञ्चित मात्र भएका छैनन् । अभिभावकको सहारा नपाउँदा दुव्र्यवहार सहन बाध्य छन् । कोही कुलतमा फस्ने गरेका छन् ।

इलामको रोङ गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । अध्यक्षसँग विद्यार्थीकार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको छ । सो कार्यक्रमलाई उद्यमशीलतामा जोडेर अगाडि बढाइएको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले बताए । कार्यक्रमअन्तर्गत एक रुपैयाँ बचत कार्यक्रम, अभिभावकविहीन विद्यार्थी सहयोग कार्यक्रम, विद्यार्थी उद्यमशीलता कार्यक्रम र विद्यार्थी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।

एक रुपैयाँ बचत कार्यक्रमअन्तर्गत पालिकाभित्रका बालबालिकाको बैङ्क खाता सञ्चालन गरेर दैनिक रु एक बचत गाउँपालिकाले गरिदिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म रु ५३ बचत भइसकेको छ ।

पालिकाले हालै अभिभावकविहीन विद्यार्थी सहयोग कार्यक्रम सुरु भएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाले अभिभावकविहीन ३८ जना विद्यार्थीलाई कक्षा १२ सम्मको पठनपाठनको व्यवस्था गर्ने छ । गाउँपालिकाले प्रत्येक विद्यार्थीको रु पाँच लाख बराबरको जीवन बीमा गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *