समृद्धि, सुशासन र दिगो विकास एमालेको स्पष्ट मार्गचित्र : ओली
समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अझ सुदृढ, लोकतान्त्रिक र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीको घोषणा पत्र निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिँदै अध्यक्ष ओलीले विभिन्न क्षेत्रका विज्ञ, शुभेच्छुक तथा पार्टीका कार्यकर्ता–नेतासँग व्यापक छलफल भइरहेको बताए।
उनले घोषणा पत्रलाई व्यावहारिक, तथ्यपरक र भविष्य उन्मुख बनाइने उल्लेख गरे। अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्धि, सुशासन र दिगो विकासको मार्गमा अघि बढाउने स्पष्ट दृष्टिकोण राखेको बताए।
भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयन, राष्ट्रिय एकता सुदृढीकरण, सुरक्षा र स्थायित्व कायम गर्न पार्टीले महत्वपूर्ण भूमिका खेलेको दाबी गरे।
हाल राज्य सञ्चालनका गतिविधिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै ओलीले सरकारका कमजोरीका कारण नियन्त्रण, सुशासन र स्थायित्वमा चुनौती उत्पन्न भएको बताए।
उनले राष्ट्रिय सुरक्षा र स्वाधीनताका विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे। देश र जनतालाई पहिलो प्राथमिकतामा राखेर एमालेले जनताको समृद्धि र सुरक्षाको चाहनाअनुसार घोषणा पत्र ल्याउने तयारी गरिरहेको उनले बताए।
पार्टीले व्यावहारिक र पाँच वर्षमा कार्यान्वयन गर्न सकिने कार्यक्रमसहित चुनावी मैदानमा उत्रने पनि ओलीको भनाइ छ।
S
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
