`

झापा–५ मा बालेनबाट जोखिम नभएको एमालेको विश्लेषण (भिडियोसहित)

Nepal One HD १६ माघ २०८२ १५:५०
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा–५ मा एमालेलाई कुनै जोखिम नभएको विश्लेषण पार्टीको रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा देखिने लोकप्रियताले मतदाता तहमा कुनै प्रभाव नपारेको र त्यसले परिणाममा तलमाथि नगर्ने उनको भनाइ छ ।

‘होला, सोसल मिडियामा हुने हल्लाखल्लाले एक प्रकारको प्रभाव त पारेको छ तर मतदाताकाबीचको कुराकानी गर्नुहुन्छ भने हामी झापा–५ मा सुरक्षित अवस्थामा छौँ,’ उनले भने, ‘त्यहाँ कुनै किसिमको जोखिम छैन भन्ने कुरा तपाईंहरुको बीचमा राख्न चाहन्छु ।’

उनले झापा–५ का मतदाताहरूलाई ‘विद्रोही जनता’को रूपमा चित्रण गरे ।

‘झापा– ५ का जनता राजनीतिक रूपमा जागरुक जनता हुन्, जसले पञ्चायतविरुद्ध विद्रोहको शंखघोष गरे । त्यो ठाउँका जनताहरू जसले हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरे,’ उनले भने, ‘त्यो ठाउँका जनताहरू लोकप्रियतावाद र अराजकतावादको प्रभावमा परिकन परिणामलाई नै तलमाथि पार्न सक्छन् भन्ने खालको मान्यता पार्टीको छैन ।’

महासचिव पोखरेलले लोकप्रियता र अराजकता भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गरेका हुन् ।

बालेन्द्र झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *