धाँधलीरहित निर्वाचन हुँदा नेकपा १ नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड (भिडियो)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुँदा पहिलो पार्टी नेकपा बन्ने सम्भावना रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति कडा टिप्पणी गर्दै उनले सामाजिक सञ्जालमा हाहा र हुहु गर्दैमा ठूलो पार्टी नबन्ने बताए ।
‘स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुँदा हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टी एक नम्बर पार्टी बन्ने सम्भावना छ,’ उनले भने, ‘सोसल मिडियामा हाहा र हुहु गर्दैमा हुने होइन ।’
राष्ट्रलाई एकताबद्ध गर्न सक्ने र तराई–मधेश पहाड र हिमाललाई जोड्न सक्ने, भ्रष्टाचारको विरुद्ध, सामाजिक न्याय, सुशासन र आर्थिक विकासमा अगाडि लान सक्ने पार्टी नेकपा भएको दाबी गरे ।
भारत–चीनसँगै विश्वभरका मित्र राष्ट्रहरूलाई सन्तुलित राख्न सक्ने पार्टी र नेता नेपाली जनताले बुझिसकेको बताए ।
उनका अनुसा यसपटक निष्पक्ष निर्वाचन हुँदा नेकपा राम्रो स्थानमा आउँछ ।
