`

संकटग्रस्त उदयपुर सिमेन्ट परिसरमा बालेन, भने- राज्यले संरक्षण र प्रबर्द्धन गर्नुपर्छ

Nepal One HD २२ माघ २०८२ १३:३७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा–५ मा उम्मेदवार रहेका बालेन्द्र शाह ‘बालेन’ले संटकग्रस्त उदयपुर सिमेन्ट उद्योगको गेटमा पुगेर ‘उद्योगलाई राज्यले संरक्षण र प्रबद्र्धन’ गर्नुपर्ने बताएका छन् ।

उद्योगका तत्कालीन महानिर्देशक सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध हालै विशेष अदालतमा मुद्दा दायर भएको पृष्ठभूमिमा बालेनले उद्योगमा पुगेर यस्तो लेखेका हुन् ।

उद्योगलाई आर्थिक मेरुदण्डको रूपमा चित्रण गर्दै उनले उद्योगले रोजगारी सिर्जना गर्नेदेखि आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘उद्योगहरू देशको मेरुदण्ड हुन् । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ’, बालेनले फेसबुकमा लेखेका छन्, ‘उदयपुर सिमेन्टजस्तो उधोगलाई राज्यले संरक्षण तथा प्रबद्र्धन गर्नुपर्छ ।’

बालेनको स्टाटसले औधोगिक विकासको अपरिहार्यतामा जोड दिएको छ । तर, उनले काठमाडौं महानगरपालिकाको प्रमुख तीन वर्ष हुँदा धरानका तत्कालीन प्रमुख हर्क साम्पाङले ‘माया धराने बेसार, साबनु उद्योग स्थानीयस्तरमा स्थापना गरे जसरी साना उद्योगको प्रबद्र्धन गरेनन् ।

यद्यपि, उनले भ्रष्टाचार र कुशल व्यवस्थापनको अभावमा संकटग्रस्त बन्दै गएको उदयपुर सिमेन्ट उद्योग परिसर पुगेर भने राज्यले संरक्षण र प्रबद्र्धन गर्नुपर्ने बताएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *