`

बैतडीमा बेहुली लिएर फर्किँदै गरेको बस दुर्घटना, ८ जनाको मृत्यु, ४५ घाइते

Nepal One HD २२ माघ २०८२ २१:४९
बिशेष

काठमाडौं । जन्ती लिएर फर्किँदै गरेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडबाट दुई सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ६ जनाको घटनास्थलमै र अन्य दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना भएको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस हो ।

दुर्घटनामा ४५ जना घाइते भएका छन् । उनीहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ । जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *