`

आफूलाई नयाँ दाबी गर्दै प्रचण्ड भन्छन्, ‘नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्’

Nepal One HD २३ माघ २०८२ १७:०९
निर्वाचन विषेश

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरेका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी आफ्नो भएको जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै दाहालले तथाकथित नयाँ भन्नेहरूकै कारण देश संकटमा परिरहेको टिप्पणी गरे । दाहालले विचार र एजेण्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गर्दै राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको स्पष्ट पारे।

‘नयाँ र पुरानाका कुरा छन्आ, जभोलि नयाँ नयाँ भन्नेतिर मान्छेहरुलाई सोसल मिडियामार्फत निकै नै होहल्ला गरिएको छ,’ उनले भने, ‘नेपालमा हामी भन्दा नयाँ कोही पनि छैनन् । नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो।’

संयोजक दाहालले परिवर्तनको माध्यममा बसेर परिवर्तनकै वाहकहरुलाई गाली गर्नेहरु नयाँ हुन नसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *