वरिष्ठ कलाकार सुनिल थापाको निधन
चलचित्र
काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार सुनिल थापाको निधन भएको छ । उनको आज हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
हास्य कलाकार केदार धिमिरेले सामाजिक सञ्जालमार्फत दुख ब्यक्त गर्दै लेख्छन् – वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस्!
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
