उद्घोषक कोष खड्काले ल्याए निदाउन तिम्रै काख चाहिने बोलको गीतको भिडियो
मनोरञ्जन भिडियो
लोकप्रिय उद्घोषक तथा मोडल कोष खड्काको अभिनय रहेको निदाउन तिम्रै काख चाहिने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । टेक विसीको युट्युब च्यालन मार्फत बजारमा आएको सार्वजनिक गीतमा खड्कासहित प्रतिक्षा खत्री र क्रिश बमको अभिनय रहेको छ । गीतमा टेक विसीसहित चर्चित गायिका रचना रिमालको स्वर रहेको छ ।
टेक विसी प्रस्तुतकर्ता रहेको गीतमा लेखक र म्युजिक भीम बिसीको रहेको छ । गीतमा म्युजिक एरेन्जरको रुपमा विशाल निरौला रहेका छन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा मिक्सिङ कुमार रानाको रहेको छ । राहुल बराइलीले निर्देशन गरेको गीतका सिनमोटोग्राफर बाँशु बराल र इडिट र कलर मिन रावलको रहेको छ । गीत दुई युवायुवतीको प्रेम,दुर्घटनापछि युवतीको स्मरण शक्ति गुम्ने र त्यसपछि आफ्नो मान्छेलाई नचिन्ने अवस्थासँग सम्बन्धित छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
