मनाइँदै हाेली उत्सव, वसन्तपुर-टुँडिखेलमा ठूलाे भीड (भिडियाे)
काठमाडौं । हर्षोल्लासपूर्वक होली पर्व मनाउन सुरु गरिएको छ ।
आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन सुरु गरिएको हो । फागु पूर्णिमाका दिन हरेक वर्ष हर्षोल्लासका साथ हाेली मनाउने गरिन्छ ।
काठमाडौंकाे वसन्तपुरमा मानिसहरुले विशेषारुपमा होली मनाइरहेका छन् । टुँडिखेलमा पनि धुमधामका साथ मानिसहरु भेला भएर हाेली मनाइरहेकाे पाइएकाे छ ।
वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको पनि यतिबेला ठूलाे भीड छ ।
आज विशेषगरि देशकाे पहाडी भूभागमा होली खेल्न गरिन्छ । भोलि भने तराई-मधेसका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
एक अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यतिबेला काठमाडौंका विभिन्न होली हर्षोल्लासमय समय छ ।
