सिरहामा चार घण्टामा ३० प्रतिशत मतदान
निर्वाचन विषेश
सिरहा । सिरहामा मतदान सुरु भएको चार घण्टाभित्रै करिब ३० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार बिहान ११ बजेसम्म जिल्लाभर ३० प्रतिशतसम्म मतदान भएको छ ।
जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ, भने सुरक्षाकर्मीको व्यवस्था पनि कडा पारिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
