`

हर्क साम्पाङकाे रास्वपा र सरकारलाई लगातार खबरदारी

रामचन्द्र जाेशी ८ चैत २०८२ १३:१६
अर्थ समाचार

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङकाे फेसबुकमा बोलिचालीको भाषा र लेखन शैली उस्तै देखिन्छ।

छाेटाे लेखेर तिखो प्रहार गर्न खप्पिस साम्पाङका फेसबुक पोस्टमा जनजीविकाका सवालदेखि सार्वजनिक आह्वानसम्मका विषयहरू भेटिन्छन्।

गत भदौ २३ र २४ को जेन-जी विद्राेहपछि ‘प्रधानमन्त्री बन्छु’ भन्दै काठमाडौँ आएका उनले त्यसलगत्तै आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी गठन गरे र पार्टीको सिद्धान्त  पनि ‘हर्कवाद’ घोषणा गरे। याे उनकाे विचारधारामा आधारित सिद्धान्त हाे । उनी भन्छन्- हर्कवाद अर्थात् श्रमवाद । उनका अनुसार देश निर्माणका लागि प्रत्येक नागरिकले श्रम गर्नैपर्छ।

हर्कवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाएका उनी अहिले संघीय संसदको यात्रामा छन्। गत २१ फागुनको निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्ष र समानुपातिक गरी कुल सात सिट जित्यो। छोटो समयमै स्थापित राजनीतिक दलहरूलाई पछार्दै उनले आफ्नो पार्टीलाई राष्ट्रिय दलसम्म बनाए।

यस्तो अनपेक्षित सफलतापछि पनि ‘राष्ट्रिय पार्टीको प्रमुख नेताले यति धेरै किन बोल्छन्?’ भनेर कतिपयले उनकाे आलोचना नगरेका पनि होइनन् । तर आलोचनाले उनलाई रोकेको छैन, बरु उनी अझैँ चर्काे सुनिन्छन् । 

पछिल्लो २४ घण्टामा साम्पाङले फेसबुकमा के-के लेखे? हामीले साम्पाङको फेसबुक वालबाट पाँचवटा पोस्ट छानेका छौँ। ती पाँचै पोस्टमा उनले छुट्टाछुट्टै मुद्दाको वकालत गरेका छन्।

उनले शनिबार बिहान ५ बजेर ३८ मिनेटमा गरेको पोष्टमा राज्यका विभिन्न अङ्गलाई स्वतन्त्र राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। जहाँ उनले लेखेका छन्, 


त्यस्तै, शनिबार ६ बजेर २० मिनेटमा उनले अर्को स्टाटस पोष्ट्याएका छन्, जुन पोष्टमा उनले सहकारी बचतकर्ताको रकम फिर्ता सम्बन्धी विषय उठाएका छन्। रास्वपालाई लक्षित गरेका उनले रकम फिर्ता राज्यको ढुकुटीबाट होइन सहकारी ठगबाट असुलेर गर्नुपर्ने प्रष्ट्याएका छन्। रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्‍गठित अपराधका आराेपी हुन् ।  यो पोष्टमा उनले लेखका छन्,- 

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्रमा सहकारी बचतकर्ताको रकम सरकार गठन भएको १०० दिनभित्र फिर्ता गर्ने कुरा उल्लेख गरिएको छ।

यो साम्पाङले शनिबार ९ बजेर ३४ मिनेट जादा गरेको पोष्ट हो। जहाँ उनले  सडक बनाउदा वन कार्यालयले दुख दिन नहुने कुरा उल्लेख गरेका छन्। बाटो बनाउने काममा अवरोध भइरहेको लेखेका उनले प्रकृतिमा क्षति नपुग्ने गरी कानुन सच्याउनुको विकल्प नरहेको बताएका छन्।

हामीले लिएको चौथो पोष्टमा उनले खाडीमा अलपत्र परेका नेपालीहरुको उद्धारकाे कुरा उठाइरहेका देखिन्छन। १३ घण्टा अगाडी फेसबुकमा गरेको उक्त पोष्टमा उनले खाडीमा आपत विपद परेका कति नेपालीको उद्धार भयो भन्दै सरकारलाई प्रश्न गरेका छन्। उनले सरकारलाइ प्रश्न साेध्दै लेखेका छन्,


साम्पाङले गरेको पाँचौ पोष्ट झट्ट हेर्दा अलि अनौठो देखिन्छ।  जहाँ उनले अस्पताल भन्दा अगाडि पार्क र खेलमैदान निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्छन् । आमरुपमा हेर्दा यो कुरा के भनेको होला यस्तो भन्‍ने जस्तो देखिन्छ।  तर उनले पार्कलाई शारिरीक व्यायाम र खेलमैदानलाई खेलकुदसँग जोड्न सकियो भने धेरै मान्छे स्वस्थ बन्‍न सक्ने कुरामा जोड दिएका हुन सक्छन्। यस्ताे देखिन्छ साम्पाङकाे पाँचाै पाेष्ट-

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *