`

नयाँ इलेक्ट्रिक अफ-रोडर ‘जाइकाे जे सिक्स टी’ सार्वजनिक (तस्बिरहरु)

Nepal One HD ९ चैत २०८२ १६:३०
अर्थ समाचार

काठमाडौं । नेपालमा नयाँ इलेक्ट्रिक अफ-रोडर ‘जाइकाे जे सिक्स टी’ सार्वजनिक भएको छ ।

आकर्षक डिजाइनका कारण यो इलेक्ट्रिक गाडीले बजारमा उपभोक्तामाझ चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

नेपाली बजारमा आधिकारिक मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको यस गाडीले शहरभित्र मात्र नभई कठिन अफ-रोड मार्गमा पनि उत्कृष्ट क्षमताको प्रदर्शन गर्ने कम्पनीको दाबी छ।

कम्पनीका प्रतिनिधिहरूले भनेका छन् कि याे गाडीमा आधुनिक ब्याट्री टेक्नोलोजी, स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम, र सुरक्षित ड्राइभिङ सुविधा उपलब्ध छन्।

नेपालमा इलेक्ट्रिक गाडीको माग लगातार बढ्दै गएपछि स्थानीय व्यवसायीहरूले यसलाई वातावरणमैत्री र दीगो विकल्पको रूपमा प्रस्तुत गरेका छन्।

हेर्नुहाेस् नेपाली बजारमा याे गाडी सार्वजनिक गरिँदाका तस्बिहरु 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *