दन्त उपचारमा त्रुटि गर्ने डा. अजय निलम्बित
जीवनशैली/स्वास्थ्य
काठमाडौं । दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले एक जना दन्त चिकित्सकलाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको छ।
काउन्सिलको गत फागुन २८ गते बसेको पूर्ण बैठकले मीनभवनस्थित डेन्टल भिजन प्रालिमा कार्यरत डा. अजय कुमार साहलाई सात दिनका लागि सेवा गर्न नपाउने गरी निलम्बन गरेको हो।
काउन्सिलमा डाक्टर साहको दर्ता नम्बर २७०५ रहेको छ।
काउन्सिलका अनुसार डा. साहविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा उपचार प्रक्रियामा त्रुटि भएको निष्कर्षमा पुगिएपछि कारबाही गरिएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
