प्रधानमन्त्री बालेन पूजापाठ गरी सरे बालुवाटार
राजनीति
काठमाडौं । नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पूजापाठ गरेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेका छन् ।
शुक्रबार साँझ पूजापाठ गरेर बालुवाटार सरेको कर्मचारीहरूले बताएका छन्। निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आजै सरकारी निवास छोडेकी थिइन्।
शुक्रबार मध्याह्न राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी भएर निवर्तमान प्रधानमन्त्री कार्कीले सरकारी निवास छोडेकी थिइन्।
त्यस्तै, आजै मध्याह्न राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहले पद तथा गोपनियताको शपथ लिएका थिए। शपथ लिँदा पनि धार्मिक परम्परा अनुसार पूजापाठ गरेका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
