`

मारवाडीको घरमा संचालित जुवाको खालबाट ९ जना पक्राउ

Nepal One HD १५ चैत २०८२ १२:२०
राजनीति

मोरङ। मोरङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका-२ स्थित मारवाडी समुदायका बंशी राठीको घरमा शनिबार छापा हानेर ३९ वर्षीय बलराम राठीसहित ९ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट ९२ हजार ६ सय ४५ रुपैयाँ नगद र पाँच बुक तास बरामद गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *